राजनीति

गृहमन्त्रीमाथि प्रश्न उठाएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले चोख्याउने : महामन्त्री थापा

१७ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री माथी छानबिन गर्ने बताएका छन् । बिहिबार सामाजिक सञ्जालबाट एक भिडियो सार्वजनिक गर्दै उनले सरकारले केही दिन संसद् पेलेरै चलाउने र अधिवेशन अन्त्य गरेर समिति नबनाउने सोच राखेपछि आफूहरुले सहमति गरेको उनले बताए । उनले यस समितिले आफूहरुले उठाएको एजेण्डालाई सम्बोधन गर्ने पनि बताए ।

तत्कालीन समयमा गोर्खा मिडियाका शेयर धनी र सञ्चालकसमेत रहेका गृहमन्त्री रवि लामिछाने सहकारी अपचलनमा संलग्नत रहेको कुरा तथ्य र प्रमाणहरुले पुष्टि गर्ने उनको भनाइ छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले ही दिन पेलेर संसद चलाउने र त्यसपछि संसद स्थगित गर्ने षड्यन्त्र भएको थापाले बताए ।
आफूहरुले गृहमन्त्रीमाथि प्रश्न उठाएपछि जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले चोख्याउने काम गरेको भन्दै थापाले त्यसपछि संसदीय छानबिन नै हुनुपर्ने निश्कर्षमा पुगेको बताए ।