१८ जेठ, काठमाडौँ । एमालेको राष्ट्रिय महिला भेलाले चुनावी गठबन्धनको नाममा कानुनी छिद्रको दुरुपयोग गर्दै महिलाका लागि निर्धारित प्रतिनिधित्व घटाउने काम भएको भन्दै निर्वाचन कानुन संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
काठमाडौंमा बुधबार र बिहीबार चलेको एमाले सम्वद्ध २३ वटा जनसंगठनका महिला नेताहरु, पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारीहरु, जनप्रतिनीधिहरु, सम्पर्क समन्वय कमिटीका पदाधिकारीहरु, स्ववियुमा निर्वाचित महिलाहरुको भेलाले प्रतिनिधित्व सम्बन्धी कानुन संशोधन गर्न पार्टीलाई ध्यानाकर्षण गराएको छ ।
संविधानको धारा ३८ ले व्यवस्था गरेको महिलाको हकलाई कार्यान्वयन गर्नका लागि अझै पनि ४२ भन्दा बढी कानुनहरू संशोधन गर्नुपर्ने देखिएको छ’, वक्तव्यमा उल्लेख छ ।
दुई दिनसम्म चलेको भेलाले चुनावी गठबन्धन गर्दा गठबन्धनकारी दलहरुले पुरुषहरूलाई प्राथमिकता दिँदा महिलाको निर्वाचित हुने प्रतिनिधित्व घटेको ठरह गरेको छ ।