२० जेठ, काठमाडौँ । कान्तिपुर बचत तथा ऋण सहकारीको डेढ अर्ब रुपैयाँ बचत रकम अपचलन गरेको आरोपमा प्रहरीले काभ्रेका चन्द्रबहादुर लामालाई पक्राउ गरेको छ ।
लामालाई काठमाडौं अपराध अनुसन्धान कार्यालयले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।
सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ ।