२३ जेठ, काठमाडौं । रास्वपा साँसद शिशिर खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा मन्त्री शुमना श्रेष्ठको बिषयमा राखेको अभिब्यक्तीको कडा बिरोध गरेका छन् ।
उनले आज संसदमा बोल्दै भने, ‘“उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले लुगामा टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभा हलभित्र कहिले बन्द कोठाभित्र ।”
पूर्व शिक्षामन्त्री समेत रहेका खनालले विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकावन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन्,” भनेका छन् ।
एमाले अध्यक्ष ओलीले एक अनौपचारिक रुपको भेटघाटभेटघाट तथा छलफल कार्यक्रममा सुमना श्रेष्ठको आलोचना गरेको थिए । उक्त आलोचनाको रास्वपाका साँसदबाट कडा बिरोधको रुपमा आएको हो ।