२४ जेठ, काठमाडौं । नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ ।
आन्द्रा सम्बन्धी रोगको पीडित बराहक्षेत्र नगरपालीकाका पुर्व मेयरसमेत रहेका खनाललाई उपचारको क्रममा हैदराबाद लाने क्रममा निधन भएको पारिवारिक स्रोतले पुष्टी गरेको छ ।
केही अघिमात्र सम्पन्न सुनसरी जिल्ला अधिवेशनमा खनाल जिल्ला अध्यक्षमा निर्बँचित भएका थिए ।