२५ जेठ, काठमाडौँ । नक्सालमा स्थित बाल मन्दिरको जग्गा सस्तो मुल्यमा भाडामा दिएको प्रकरणमा एक ब्यक्ति पक्राउ परेका छन् ।
बाल संगठनका तत्कालिन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका हुन् । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबील श्रेष्ठलाई आज काठमाडौँ बाट पक्राउ परेका हुन् । बाल मन्दिर प्रकरणमा २० जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिना पछि एक जना श्रेष्ठलाई सीआईबी पक्राउ गरको हो ।
बाल मन्दिदर प्रकरणमा बैशाख २७ मा २० जना बिरुद्ध काठमाडौँ जिल्ला अदालतले प्रकाउ पुर्जि जारी गरेको थियो ।