राजनीति

बजेटमा देखिएका कमीकमजोरी सच्याउँछौं : अध्यक्ष ओली

२६ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटलाई प्रभावकारी बनाउने विषयमा सरकारसँग कुरा भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशन उद्‍घाटन गर्दै ओलीले बजेटमा देखिएका कमीकमजोरी सच्याउँदै यसलाई प्रभावकारी बनाउनका लागि आफूले सरकारसँग कुरा गरिरहेको बताए।

उनले उत्पादनका माध्यमबाट पुँजी वृद्धि गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिए। औद्योगिक क्षेत्र स्थापना भए पनि उद्योग बन्न नसक्नु, लगानी सम्मेलन गरे पनि लगानी भित्रन नसक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताए।