समाचार

बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहामाथि गोली प्रहार

३२ जेठ, काठमाडौँ । बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि शुक्रबार साँझ गोली प्रहार भएको छ। कुशवाहालाई आदर्श कोतवाल गाउँपालिका-३ स्थित बतरा टोलमा गोली प्रहार भएको हो।
गोली प्रहारबाट गम्भीर घाइते कुशवाहाको बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको कुन भागमा र कति राउण्ड गोली लागेको भन्ने अहिले खुल्न सकेको छैन।

मोटरसाइकलमा सवार रहेका कुशवाहालाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्। मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी फरार भएको भन्ने प्रारम्भिक रुपमा बुझिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। न्यौपानेले घटनाको थप विवरण खुल्न बाँकी रहेको बताए।