४ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले तीन वटा क्षेत्रमा मात्रै बजेट विनियोजन गर्दा संसद्मा भएको हंगामाबाट यो सरकारले पाठ नसिकेको बताए ।
‘बजेटले कानुनी मर्यादा र मापदण्ड उल्लङ्घन गर्ने प्रतिस्पर्धा गरिरहेको छ । योभन्दा अगाडि जम्मा तीन क्षेत्रमा बजेट गयो भनेर संसद्मा एकदमै धेरै हङ्गामा भएको थियो । त्यसबाट केही सिक्नुपर्नेमा अहिले त्योभन्दा बढी निर्वाचन क्षेत्र केन्द्रीत बजेट हालिएको जस्तो देखिन्छ । यो विनियोजनले आर्थिक अनुशासनलाई पालना गरेको देखिँदैन,’– उनले भने ।




