समाचार

सहकारी प्रकरण : संसदीय छानबिन विशेष समितिबाट कार्यविधि पारित

३ असार, काठमाडौँ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ।
आज बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात सहकारी बचत रकम अपचलनको बारेमा कसरी छानबिन गर्ने भन्ने कार्यविधि पारित भएको हो ।

सहकारी छानबिन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, महेश बर्तौला, हितराज पाण्डे र जीवन परियारसँग आजको बैठकमा परामर्श लिइएको थियो ।