समाचार

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ


२ असार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नक्कली लाइसेन्स विवरणमा छानबिन गरिरहेको प्रकियामा उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ ।
वन मन्त्रालयका उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय, नवलपरासीका पदमराज आचार्य, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, जनकपुरका दिलिपकुमार शाह र चितवनका राजेश लम्साल पक्राउ परेका जानकारी प्राप्त भएको छ ।