समाचार

आफुले खाने औषधी सम्म बोकेर समेत सहकारी पिडितहरुले गरे काठमाडौंमा प्रर्दशन

१० असार, काठमाडौँ । सहकारी हिनामिना गर्नेहरुलाई पक्राउ गर्न माग गर्दै बचतकर्ताहरुको रकम फिर्ता गर्न पिडितहरु काठमाडौँमा प्रर्दशन गरेका छन् ।

वृद्धवृद्धाहरु देखि लिएर युवाहरु समेत सहभागी भएर पर्दशनमा लागेका छन् । उनीहरुले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा उनीहरुले आज प्रदर्शन गरेका हुन् । कतिपय वृद्धवृद्धाहरुले आफुले दैनिक खाने औषधी सम्म बोकेर प्रर्दशनमा आएका छन् ।