राजनीति

कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै छन् र ती फोहोर सफा गर्न आवश्यक छ : महामन्त्री थापा

१० जेठ, काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिसहरू धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्नाम भइरहेको बताएका हुन् ।

सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरुलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको उनले बताए ।