समाचार

सिंहदरबार जलाउँछु भन्ने बालेनलाई ढोलीको प्रश्न : तपाईँको भव्य दरबार जलाए के हुन्छ ?

१० असार, काठमाडौं नेकपा माओवादी केन्द्रकी नगर कार्यपालिका सदस्य अनिता कार्की ढोलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सिंहदरवार जलाउने अभिव्यक्ति दिएकोप्रति कडा प्रतिकार गरेका छन्। उनले सिंहदरवारले नै प्रद्यत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने भनेर प्रश्न गरेकी छन्।

“प्रमुखज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनुभएको छ। त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७४ ले दिएको अधिकारअन्तर्गतको हो। जुन अधिकार सिंहदरवारले प्रद्यत गरेको अधिकार हो। अहिले सिंहदरबार जलाउँछु भन्दैगर्दा तपाईँलाई महानगरपालिकाले दिएको जुन दरबार छ। भोलि त्यो दरबार महानगरबासीले जलाए भने त्यसको अवस्था के हुनसक्छ?” नगरसभाको बैठकमा उनले प्रश्न गरिन्।