समाचार

लिटिल बुद्ध भनेर चिनिने राम बहादुर बम्जन बालयौन दुरुपयोगमा दोषि ठहर

१० असार, काठमाडौँ । लिटिल बुद्ध भनेर चिनिने राम बहादुर बम्जन बालयौन दुरुपयोगमा दोषि ठहर भएका छन् ।

जिल्ला अदालत सर्लाहीले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई बालयौन दुरुपयोगमा दोषी ठहराएका हुन् ।

आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।