समाचार

चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दर्ता

१३ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरको छ ।

अख्तियारले सेवाग्राहीसँग ३५ हजार घुस लिएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

जग्गा कित्ताकाट गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अवस्थामा नगदसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।