राजनीति

राजदूत फिर्ता बोलाउने निर्णय सरकारले फिर्ता लिनुपर्छ : एनपी साउँद

१३ असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता एनपी साउदले राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा साउदले राजनीतिक भागबण्डका आधारमा राजदूत नियुक्त गर्ने र दलहरुले आवेदन नै निकाल्नेजस्ता कामले राजदूत नियुक्तिमा प्रश्न उठ्ने भन्दै राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सरकारले कुनै जानकारी नदिइ राजदूत फिर्ता बोलाउनुले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको उनले बताए । उनले राजदूत फिर्ताको निर्णय फिर्ता लिन माग समेत गरे । त्यस्तै उनले बीआरआईमा अनुदानलाई स्वीकार गर्नुपर्ने भन्दै बजारको सुनिश्चितता नभएसम्म ठूला परियोजनाहरुलाई ऋणका आधारमा अघि बढाउन नहुने धारणा राखे।