राजनीति

टिआरसी विधेयक अगाडी बढाउन तिन दल बिच सहमति

१३ असार, काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धित टिआरसी विधेयक अगाडी बढाउन सहमति जुटेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा रहेको बैठकमा छलफल एकदमै सकारात्मक भएको छ जानकारी प्राप्त भएको छ ।

बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति भएको छ ।