समाचार

नयाँ नेतृत्व सहमतिमै चयन गर्नुपर्छ : नेता खनाल

१६ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ नेतृत्व सहमतिका साथ चयन गर्नुपर्ने बताएका छन्।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले सहमति नहुँदामात्र लोकतन्त्रको उपयोग गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्।

खनालले एमालेमा हुँदा सुखी नेपाली समृद्ध नेपालको नारा आफूले नै अगाडि सारेको स्पष्ट पारे। ‘विगतमा एउटै पार्टीमा हुँदा सुखी नेपाली समृद्ध नेपालुको नारा मैले नै ल्याएको हो। अहिले अरु पार्टीले पनि प्रयोग गरेका छन्।’

उनले देशको विकासका लागि एउटै आवाजका साथ सहमतिबाट अगाडि बढ्नुपर्ने धारणा राखे। उनले प्रतिस्पर्धा गर्नुपर्दा सुन्दर ढंगले गर्न आह्वान गरे।