समाचार

नेपाल युवा उद्यमी मञ्च काठमाडौंको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

१६ असार, काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौँको याक एन्ड यतिमा भएको साधारणसभामा मञ्चका नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छा लगायत कार्यसमिति सदस्यहरूलाई परिचय गराइएको थियो ।
प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।
नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।