समाचार

मिटरब्याज सम्बन्धी उजुरी नलिएको गुनासो बढेपछि गृहमा छलफल, सबै उजुरी लिन नसकिने निष्कर्ष

१६ असार, काठमाडौँ । नेपाल प्रहरी अधिकारीले अनुचित लेनदेन मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन्।

गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन मिटरब्याज सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आज भएको छलफलमा उनीहरुले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको स्पष्ट पारेका हुन्।

आयोग बनेपछि पनि अनुचित लेनदेन सम्बन्धी सुनुवाइ तीब्र नभएको गुनासो बढेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहितको छलफलमा प्रहरीसम्म पुगेका निवेदनको किसिम, त्यस उपर कारवाहीका लागि भएको कानुनी अड्चन र सम्बोधनका उपायबारे परामर्श भएको हो।