समाचार

करिब ३१ अर्बको ३२ क्वीन्टल सुन तस्कारी भएको सिआईबीको निष्कर्ष

१७ असार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले विद्युतिय सामग्री र ब्रेक सुमा लुकाई करिब ३२ क्वीन्टल सुन तस्कारी भएको निष्कर्ष निकालेको छ।

सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका विषयमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सीआईबीले विद्युतीय सामग्री र ब्रेक सुमा लुकाई ३ हजार १ सय ९४ दशमलव ६६८ सुन तस्करी भएको जानकारी गराएको हो।

उक्त सुनको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँ रहेको छ। सीआईबीले भुजेल इलोक्ट्रोनिक सप्लायर्स, रेडी ट्रेडर्सलगायत पाँच सप्लायर्सहरूले उक्त परिमाणको सुन भित्राएको जनाएको छ। सीआईबीका डीएसपी सुन्दर तिवारीले दोस्रो चरणको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको जानकारी दिए।