१९ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक जारी छ ।
आज बुधबार बिहान ८ बजेदेखि सुरु बैठकको अधिकांश समय महामन्त्री मुलुक ढकालको पछिल्ला गतिविधि र उनले तयार पारेको प्रतिवेदनमाथि छलफल भईरहेको छ । महामन्त्रीका पछिल्ला गतिविधि, अभिव्यक्ति र प्रतिवेदनलाई लिएर अधिकांश सदस्य असन्तुष्ट छन् ।
जारी बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले महामन्त्री ढकालले गलत समयमा प्रतिवेदन सार्वजनिक गरेको भन्दै उनलाई कारबाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले ढकाललाई हटाएर प्रमुख सचेतक सन्तोष परियालाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । यद्यपी निर्णय भएको छैन् ।





