आर्थिक

सानिमा जिआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटल बीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता

१६ असार, काठमाडौँ । आज एक समारोह बीच सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५०,००,००० कित्ता हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।