१९ असार, काठमाडौँ । नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
हिजो बसेको सचिवालय बैठकले आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको थियो । तर, प्रचण्डले राजीनामा नदिएपछि एमाले आफै सरकारबाट हट्ने भएका छ ।
दिउँसो ३ बजेपछि एमालेले मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता गरेको निर्णय गराउने एमालेले जनाएको छ । सरकारमा एमालेका ८ जना मन्त्री छन् ।





