१९ असार, काठमाडौँ । नेकपा एमाले बाट प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । आज प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।
साथै, एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् । योसँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा १०० बमोजिम संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित नेतृत्व गरिरहेका छन् । त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।





