राजनीति

सरकारलाई दिएको समर्थन फिर्ताबारे एमालेले गरायो संसद सचिवलयलाई जानकारी

२१ असार, काठमाडौँ । नेकपा एमाले सरकारलाई दिएको सर्मथन बारे संसद सचिवालयलाई जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारलाई दिएको सर्मथन फिर्ता लिएको बारे संसद सचिवालयलाई गराएको सभामुखको सचिवालयले बताएको छ ।

योसँगै एमाले संसदमा प्रतिपक्षको भूमिकामा रहने जानकारी गराएको छ । एमालेले प्रधानमन्त्री लाई दिएको समर्थन फिर्ता लिएसँग मन्त्रीहरूले राजीनामा बुझाइसकेका छन्। एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा ८ जना मन्त्री सहभागी थिए।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । एमालेको पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा एमालेको तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन मिति २०८१ असार १९ गते फिर्ता गरिएको छ । सोको जानकारी सम्माननीय प्रधानमन्त्रीलाई समेत गराइसकिएको हुँदा हाम्रो दल नेकपा एमाले संसदमा प्रतिपक्षमा रहने व्यहोरा जानकारी गराइन्छ ।’