२१ असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने दावी गरेका छन् ।
“जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।” उनले भने ।





