राजनीति

शेखर–गगन बुझाए चार जना मन्त्रीको लागि सिफारिस

३० असार, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईराला र महामन्त्री गगन थापको पक्ष बाट ४ जनाको मन्त्रीको नाम सिफारिस गरेका छन् ।

शेखर र गगन पक्षले ४-४ जना मन्त्री पाउन पर्ने समुहको बैठक बसेर निर्णय आइतबार बिहान गरेको थियो ।

नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए । उनका अनुसार प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको हो ।