२१साउन, काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पुयाउने बताए । भगवती मानव कल्याण सङ्गठनद्धारा ‘एकवृक्ष राष्ट्रको नाममा’ भन्ने नारासहित एक करोड वृक्षारोपण अभियानको आज पाशुपतक्षेत्रमा शुभारम्भ गर्दै उहाँले सरकारले वृक्षारोपणलाई अघि बढाउन मद्दत गर्ने प्रतिबद्धता व्यक्त गरे।
सङ्गठनका महासचिव अजय अवस्थीले जलवायु परिवर्तन, वायु प्रदूषण, बाढीपहिरोलगायतका समस्यालाई दृष्टिगत गर्दै देशभर वृक्षारोपण अभियान सुरु गरिएको जानकारी दिए ।
त्यसअवसरमा मन्त्री शाही, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र महासचिव अवस्थीलगायतले विरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको सङ्गठनले जनाए ।





