समाचार

आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो : उपप्रधानमन्त्री सिंह

२६ साउन, काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताए

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उनले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भने । राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गरे ।