समाचार

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । एमाले र कांग्रेसले नेतृत्व गरेको अहिलेको सरकारमा केपी आली प्रधानमन्त्री बने पश्चात उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्रमणको निमन्त्रणा दिएका हुन् ।