सामाजिक सञ्जाल

पार्टीका नेता कार्यकर्तालाई जनता माझ भ्रम नछर्न मेयर शाहले दिए यस्तो चेतावनी

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ भन्दै पार्टीका नेता कार्यकर्ताहरुलाई गाली गरेका छन् ।

मेयर शााहको स्टाटस्ः
कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो ।
सर्वोच्च अदालतको आदेश आए पछि हामी काठमाडौँ महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।
अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।