५ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने संसद नै आधा रित्तिने टिप्पणी गरेका छन्।
आज बिहान सामाजिक सञ्जल फेसबुकमार्फत उनले यस्तो बताएका हुन्।
साम्पाङले लेखेका छन् “भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिने देखिन्छ”
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा पनि गरेका छन्। सभापति रवि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा सहभागी भई शुभकामना दिन पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन् ।






