१६ भदौ, काठमाडौँ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य वासुदेव शर्मा बविनलाई पितृशोक परेको छ ।
उनका पिता लीलाध्वज स्वारको भक्तपुर दुवाकोटस्थित आफ्नै निवासमा गए राति निधन भएको हो । लामो समयदेखि मेरुदण्डको पक्षघातबाट पीडित उनले ८१ वर्षका छन् । स्वर्गीय स्वारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उनका शर्मासहित पाँच सन्तान छन् ।