२५ भदौ, काठमाडौँ । नेपाल एसबिआई बैंक लि. ले आफ्नो सिद्धार्थनगर नगरपालिका–०५, बैंक रोड, भैरहवा, रुपन्देहीमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं–०८ स्थित नारायणपथमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त शाखाको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री दीपक कुमार देले गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत श्री यादवेंद्र कांत, प्रमुख कर्जा अधिकृत, श्री अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत श्री रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । यसबाट ग्राहकलाई थप सुबिधा सहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।
हाल यस बैंकले 100 शाखा, 22 एक्स्न्सन काउन्र, 19 शाखा रहित बैंकिङ, 6 प्रादेशिक कार्यालय , 1 कर्पोरे अफिस, 121 ६ आफ्नोे आन्तरिक तथा विश्वव्यापी ने६वर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।