२९ भदौ, पश्चिम बङ्गाल । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले १५ जना जुनियर चिकित्सकको प्रतिनिधिमण्डलसँग शनिबार उनको निवासमा भेटवार्ता गर्ने भनेका छन् ।
बैठक शनिबारसाँझ ६ बजेका लागि बोलाइएको छ ।
यसअघि, पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले शनिबार नै साल्ट लेक प्रदर्शनस्थलमा प्रदर्शन गरिरहेका जुनियर चिकित्सकलाई भेटी काममा फर्कन र समस्याको समाधानका लागि आफूलाई समय दिन आग्रह गरेका थिए ।
उनले चिकित्सकलाई चाँडै काममा फर्कन आग्रह गर्दै पछिल्लो समय प्रदर्शनमा संलग्न चिकित्सकलाई राज्य सरकारले कुनै कारबाही नगर्ने आश्वासनसमेत दिएका थिए ।
मुख्यमन्त्रीसँगको भेटमा जुनियर चिकित्सकले छलफल नभएसम्म आफूहरू मागबाट पछि हट्न तयार नरहेको बताएका छन् ।
शुक्रबार बनर्जीले जुनियर चिकित्सकले आन्दोलनपछि स्वास्थ्य प्रणालीमा व्यापक असर देखिएको र यो क्रममा २९ जनाको सेवाको जीवन गुमेको दाबी गरेका छन् ।
जुनियर चिकित्सकसँग वार्ताको प्रयास असफल भएपछि मुख्यमन्त्री बनर्जीले शनिबार आँफै प्रदर्शनस्थलमा पुगी जुनियर चिकित्सकलाई भेटेका थिए ।
चिकित्सकले साल्ट लेकस्थित स्वास्थ्य विभागको मुख्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । बनर्जीले आन्दोलनरत चिकित्सकलाई आफू मुख्यमन्त्रीको रूपमा नभई दिदीको रूपमा भेट्न आएको बताएका थिए ।





