३ असोज, काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपालले ओमनलाई दुई सय २० रनको लक्ष्य दिएको छ । क्यानडाको किङ सिटिमा भएको प्रतियोगितामा नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा सो लक्ष्य दिएको हो । खेलमा ओमानले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्थशतकीय इनिङ खेल्दै ७२ बलमा ६० रन जोड्दिए । उनले दुई चौका र चार छक्क प्रहार गरेका थिए। खेलको सुरुआतमा अर्जुन साउद तेस्रो ओभर खेल्दा पाँच रन बनाएर बाहिरिएका थिए ।
आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३ दशमलव ३ ओभरमा ३१ रन बनाउन सकेको थियो । त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हालेपछि सेखले ८८ बलमा ३५ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले ३५ बलमा ५३ रन जोड् दिए । त्यसक्रममा उनले तीन चौका र पाँच खक्का प्रहार गरे । खेलको अन्तिममा सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिएका थिए ।
अफगानिस्तानले दक्षिण अफ्रिकालाई हरायो
यसैबीच आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा अफगानिस्तानले दक्षिण अफ्रिकालाई छ विकेटले पराजित गरेको छ । संयुक्त अरब इमिरेट्स युएई को सारजा क्रिकेट रंगशालामा भएको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ३३ दशमलव तीन ओभरमा एकसय ६ रनको लक्ष्य दिएकोमा अफगानिस्तानले २६ ओभरमा एकसय ७ रन बनाएको थियो ।





