१७ असोज, काठमाडौँ । नेपालमा पेट्रोलियम पाइपलाइन विस्तारमा भारतले सहयोग गर्ने भएको छ । सो अनुदानका सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ।
भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।
त्यस्तै नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुनेछ ।
चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने पनि सम्झौता भएको छ । उल्लेखित परियोजनाहरुमा भारत सरकारको करिव १५ अरब रुपैयाँ अनुदान सहयोग रहने सम्झौतामा भएको छ ।






