सामाजिक सञ्जाल

किशोर नेपालको अनुरोधः हे सरकार, कमसेकम पशुपति क्षेत्रलाई त सार्वभौम र स्वायत्त रहन देउ

२ कात्तिक, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले हे सरकार, कमसेकम पशुपति क्षेत्रलाई त सार्वभौम र स्वायत्त रहन देउ भनेका छन् ।

आज ट्वीट गर्दै नेपालले संस्कृतका विद्वान मन्त्री बद्रीपाण्डेको पालामा किन यो अप्रिय विवाद ? भन्दै प्रश्न गरेका छन् । उनले यी देवाधिदेव महादेव, ज्योतिर्लिंग, पशुपतिनाथ पनि कति राजनीतिक विवादमा तानिन्छन् भन्दै चिन्ता गरेका छन् ।

किन यी पुरातात्विक र सांस्कृतिक निधिलाई यति विधि गिजलेको हो ? भन्दै उनको अर्को प्रश्न छ, ‘किन यी पुरातात्विक र सांस्कृतिक निधिलाई यति विधि गिजलेको हो ?’

उनको ट्वीटः यी देवाधिदेव महादेव, ज्योतिर्लिंग, पशुपतिनाथ पनि कति राजनीतिक विवादमा तानिन्छन् । हे सरकार, कमसेकम पशुपति क्षेत्रलाई त सार्वभौम र स्वायत्त रहन देउ । किन यी पुरातात्विक र सांस्कृतिक निधिलाई यति विधि गिजलेको हो ? संस्कृतका विद्वान मन्त्री बद्रीपाण्डेको पालामा किन यो अप्रिय विवाद ?