७ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं भनेका छन् ।
उनले ट्वीट गर्दै अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं, सडक विलापको जगहँसाई नगरौं भनेका छन् ।
उनले ‘अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन’ एक मित्रले भनेको कुरा सम्झदैं उदाहरण दिएका छन् । स्पष्ट हौं– दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो भन्ने उनको तर्क छ ।
महामन्त्री शर्माको ट्वीट जस्ताको तस्तैः
काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं ! अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं, सडक विलापको जगहँसाई नगरौं
स्पष्ट हौं– दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !
रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ.. प्रचलित कानुन बमोजिम कार्वाही गर्नुः ! तर प्रक्रिया शुरुभएपछिः राजनैतिक प्रतिशोधः भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ?
प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम–प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?
‘अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन’ एक मित्रको अभिव्यक्ति सम्झन्छु ।
निस्चयनै ‘लोभ र डर’ ले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !