१५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेख्रेका छन्, “आज तिहारको लक्ष्मीपूजा ? सबैको घरआँगन उज्यालो होस् ? सबैको परिवारमा सुखशान्ति छाओस् ?”
सन्देशमा उनले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी र मानवबीचको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने उल्लेख गरेका छन् ।





