समाचार

मानव तस्करीको आरोप लागेका अधिकारीदाई दुई दिन हिराशतमा राख्न अदालतको आदेश

२५ कात्तिक, काठमाडौं । कोशी प्रदेशका मूर्व मन्त्री लिलाबल्लव अधिकारीलाई अदालतले दुईदिनका लागि हिराशतमा राखेर अनुसंधान गर्न अनुमति दिएको छ ।

जापान घुम्न गएका बेला मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी नेकपा एमालेले पार्टीबाट निष्काशन गरिसकेको छ । आज नै विराटनगरबाट प्रहरीले पुर्व मन्त्री अधिकारीलाई काठमाडौं ल्याएर अनुसंधान गर्न अदालतसँग अनुमति मागेपनि उनलाई छानविनका लागि दुईदिनको अनुमति दिएको हो ।
मन्त्री अधिकारीमन्त्री पदबाट तत्काल पद्च्युत भएका थिए भने पार्टीबाट केहीदिन अगाडीमात्र कारबाहीमा परेका थिए ।
उनलाई मानव तस्करी गरेको आरोप पुष्टी भएमा कानून बमोजीम कारबाही हुनेछ । मानव तस्करको आरोपमा पक्राउ परेपछि राजनीतिक बृतमा उनको बिषयमा ब्यापक चर्चा भईरहेको छ भने हदैसम्मको कारबाहीमा पर्ने संकेत देखिएको जानकारहरुको दाबी छ ।