आर्थिक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई नगरकोटको क्लब हिमालयमा विषेश छुट

२१ मङ्सिर, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र क्लब हिमालय, नगरकोट बीच छुट सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र क्लब हिमालय, नगरकोट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई रुम चार्जमा १० प्रतिशत सम्म छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ ।