समाचार

म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

२३ मङ्सिर, काठमाडौँ । सहकारी ठगी मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्की उपस्थित गराइँदै छ।

कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनलाई पछिल्लोपटक थपिएको हिरासत म्याद सकिएकाले आज अदालत लगेर म्याद थप गर्न लागिएको हो।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अवैध रूपमा गोर्खा मिडिया प्रालिमा लगेको भन्दै ग्यालेक्सी टेलिभिजनका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगेको थियो।