समाचार

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

२७ मङ्सिर, काठमाडौँ । जापान सरकारको अनुदान एक करोड ३५ लाखको लागतमा हुम्लाको सरदमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ ।

बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास रेडि हुम्लाका प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे।

उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।