समाचार

मुख्यमन्त्री कडेलको निर्देशन : सुधारको नाममा काम रोक्ने प्रवृति अन्त्य होस्

२७ मङ्सिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले सुधारको नाममा काम रोक्ने प्रवृतिलाई अन्त्य गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष ०८१/०८२ को मन्त्रालयगत समिक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिदै मुख्यमन्त्री कडेलले सुधारको नाममा हात बाँधेर बस्ने प्रवृतिलाई अन्त्य गर्दे उपयुक्त विकल्प खोजेर सहजीकरण गर्ने काममा लाग्न मन्त्री र सचिवलाई निर्देशन दिए ।
“समस्या देखियो भनेर कामबाट पन्छिने काम नगर्नुस, मुख्यमन्त्री कडेलले भने, बरु नियमसंगत रुपमा अडकेको कसरी फुकाउन सकिन्छ त्यतापट्टी लाग्नुहोस।” बजेट कार्यान्वयन र सेवा प्रवाहमा सहजता ल्याउने नितिगत काम मन्त्री र सचिवको भएको बताउदै मुख्यमन्त्री कडेलले एउटै फाइल दुई महिनासम्म घुमिरहने तर काम नहुने प्रवृतिको अन्त्य हुनुपर्नेमा मुख्यमन्त्री कडेलको थियो । बजेटमा समेटिएका योजना र कार्यक्रम कार्यान्वयन गर्ने सवन्धमा विगतमा देखिएका कमीकजोरीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औल्याउदैं मुख्यमन्त्री कडेलले सुधार गर्ने नाममा गर्न सकिने कामलाई पनि रोक्ने गलत मनसाय नलिन निर्देशन दिए ।
नागरिकको तहबाट उठेका विभिन्न टिका टिप्पणीहरुलाई कानून सम्मत तरिकाले संवोधन गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री कडेलले अनुशासन कायम गर्ने नाममा कार्यसम्पादनमा नै प्रश्न चिन्ह खडा गर्ने तरिकालाई बदल्न समेत सुझाव दिए । चालू आर्थिकको चौमासिक समिक्षाको प्रगति सोचे अनुरुप हुन नसक्नुका कारणहरु खोजेर समाधानतिर लाग्न पनि मुख्यमन्त्री कडेलको जोड थियो । सावैभौम ससदले पारित गरेको बजेट निर्देशित सरकार होइन । प्रदेश सरकार निर्देशित सरकार नभएको मुख्यमन्त्री बताउँदै कडेलले सार्वभौम संसदले पास गरेको बजेट कार्यान्वयनलाई नियम संगत ढंगले काम गर्न कसैको मुख नताक्न पनि सुझाव दिए। धेरै जसो पैसा विगतका योजनामा होल्ड भएको बताउदै मुख्यमन्त्री कडेलले लगानी भइसकेका योजनालाई अलपत्र छाडने नभई समयमै सम्पन्न गर्ने तर्फ लाग्न पनि निर्देशन थियो ।

मन्त्री पद भनेको पटके अवसरमा प्राप्त हुने पद भएकोले अवसर पाएको बेला कार्यसम्पादनमा उत्कृष्ट देखाउन मन्त्रीहरुलाई मुख्यमन्त्री कडेलको सुझाव .थियो । “पटक पटक अवसर आउदैन, मन्त्री पद स्थायी होइन, मुख्यमन्त्री कडेलले भने, अवसर पाएको बेला जनअनुमोदन हुनेगरि काममा परफरमेन्स देखाउनुहोस ।” भेला बैठकलाई सकेसम्म प्रविधिको माध्यमबाट कम खर्चमा छिटो र उपलब्धीमूलक बनाउन सकिने चर्चा गर्दे मुख्यमन्त्री कडेलले जिल्लामा जाँदा सकेसम्म आफ्ना अफिसका हाकिम र कार्यकर्ता मात्र होइन आम नागरिकसँग पनि अन्तरक्रिया गर्न मन्त्रीहरुलाई सुझाव दिए । सरकारले वितरण गर्ने अनुदानको बारेमा आफूकहाँ व्यापक गुनासाहरु आउने गरे बताउँदै मुख्यमन्त्री कडेलले अनुदानको नाममा हुने विकृतिहरुलाई हटाउन निर्देशन पनि दिए । समिक्षा कार्यक्रममा ७ वटा मन्त्रालयका मन्त्रीहरु, सचिवहरुको उपस्थिती थियो ।