४ पुस, काठमाडौँ । क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनी अमेरिकामा अस्ताएका छन्। अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो।
विवेकलाई ब्रेन क्यान्सर भएको थियो। चौथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुवेदीले निकै संघर्ष गरेकी थिइन्। सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा हुँदै आएको थियो।
क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनी अमेरिकामा अस्ताएका छन्। अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो।
विवेक बिरामी हुनुभन्दा अगाडि नै टिकटकबाट यो जोडी चर्चामा आएको थियो। उनीहरुका थुप्रै भिडिओ टिकटकमा भाइरल भएका थिए।