८ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईरालाले किसुनजी, पीपी, गणेशमान, गिरिजाबाबु, शुवर्णजी, शुसील कोईरालालाई बिर्सिए काँग्रेस नै नरहने बताएका छन् ।
उनले आजको कृष्ण प्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवजशरमा काठमडाौंको चावाहीलस्थीत स्मार्ट पार्टी प्यालेसमा आयोजीत कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उक्त कुरा बताएका हुन् ।
उनले किसुनजीबाट धेरै सिक्नुपर्ने भन्दै नेपाली काँग्रेसले नै बिर्शिएको हो कि भन्ने आएको बताउँदै नेपाली काँग्रेसमा विचलन भएको स्वीकार गरे ।
डा कोइरालाले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुसरण गर्नुपर्ने बताए ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्म जयन्तीका अवसरमा यहाँ आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गरे । उनले भने, “किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ । त्यो बाटोमा हिँड्न सक्नुपर्छ र हामी हिँड्छौँ भन्ने सङ्कल्प लिन्छौँ ।”
उनले प्रजातन्त्रका आधारभूत कुराहरूलाई नछाडी नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे । प्रजातन्त्रका आधारभूत न्यूनतम कुराहरूलाई साथ लिएर अगाडि बढे मात्रै कांग्रेस गन्तव्यमा पुग्ने उनले जिकिर गरे।
डा कोईरालाले भने, ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ। स्वीकार्नुपर्छ। अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर। ४०/६० को भागबण्डा भनेर भन्नुभयो। मैले पहिला भनेकै हो। तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि। उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ। राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ। यो हामीले बुझ्न जरुरी छ।’
काँग्रेसमा ६०/ ४० काने सुरुवातीकर्ता शेरबहादुर देउवा नै भएको भन्दै आफुले पार्टीके हीतका लागि चुप लागेर बस्दा आफुलाई सभापति देउवाले कमजोर सम्झेको बताएका छन् ।
कार्यक्रममा काँग्रेस नेता लोकेश ढकाल, प्रा डा राजेश गौतम, डा रमेश ढुंगेललगायतले कृष्ण प्रसाद भट्टराईको राजनीतिक व्यक्तीत्वको बारेमा चर्चा गरेका थिए ।