प्रदेश 1

सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी

६ माघ, मोरङ । जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उले सिजनमा दैनिक एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, “नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।”

सुरुआती समयमा एउटा सिरक बनाएको पाँच थियो । अहिले बढेर आठ सय पुगेको लतिफले जानकारी दिउ । उनले भने, “दैनिक कम्तीमा दुईवटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री धुनिया बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।”

घरेलु सामग्री धुनियाबाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताए। “आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्”, उनले भने ।

तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्नुहुन्छ । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक १० हजारभन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए ।